हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु
कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात
पाेखरा | फागुन ४, २०८१
पोखरा: पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा कास्की च्याम्पियन बनेको गुरुकुल विद्यासनले बिजयी शुरुवात गरेको छ । गुरुकुल विद्यासनले जुनियर सिटिजन एकेडेमी लेखनाथलाई १–० गोलले हरायो ।
अर्को खेलमा डाइमन्ड सेकेन्डरी स्कुलले पोखरा युनाइटेड एकेडेमीलाई ट्राइबे्रकरमा ३–२ गोलले हरायो । निर्धारीत समयमा दुई दुई गोलका बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।
अर्को खेलमा सुर्योदय इङलिस बोडिङ स्कुलले ग्लोबल कलेजियट स्कुललाई फराकिलो अन्तरले हरायो । सुर्योदयले ग्लोबललाई ८–२ गोल अन्तरले हरायो । अर्को खेलमा अरनिको स्कुल तनहुले मदरल्याण्ड स्कुललाई ४–३ गोल अन्तरले हरायो । आइतबारको ६ औं खेलमा चिल्डेन लाइफ इङलिस स्कुल बाग्लुङले त्रिबेणी पब्लिक स्कुल लेखनाथलाई २–१ गोलले हरायो । अर्को खेलमा कास्की मोडनाइ एकेडेमीले फियुचर बोडिङ स्कुल बागलुङलाई ५–१ गोलको फराकीलो अन्तरले हरायो ।
कलेज तर्फको फुटसलमा सोच कलेज अफ आइटिले ज्ञान कलेजलाई ९–० गोलको फराकिलो अन्तरले हरायो । फागुन ७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विद्यालय तर्फ १४ विद्यालयले भाग लिएका छन् भने क्याम्पस तर्फ ९ क्याम्पसले सहभागीता जनाएका छन् । प्रतियोगिताको विजेता टोली नगद १ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यसै गरी दोस्रो हुने टोलीले नगद ५० हजार मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने हिसान गण्डकी प्रदेशका अध्यक्ष डा. रामजी शर्माले जानकारी दिए । उनले कलेज तर्फको बिजेताले नगद २० हजार र दोस्रो हुने टिमले नगद १० हजार मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताको प्रथम पुरस्कार युआरएलले प्रायोजन गरेको छ भने दोस्रो पुरस्कार हिसान कास्कीले प्रायोजन गरेको छ ।
प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गर्दै आएको छ । सविन मेमोरियल क्बल राष्ट्रिय फुटसल लिगको ए डिभिजन क्लब हो । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजीक तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले खेलाडी उत्पादनमा टेवापुग्ने बताए ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

